विष्णु पौडेललाई मिनेन्द्र रिजालको प्रश्न- तपाइँको घोषणापत्र यो सरकारले किन लागू गर्ने ?

कांग्रेस नेता मिनेन्द्र रिजालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट समयानुकूल रहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटमा समेटिका कार्यक्रम र रकम विनियोजनप्रति समर्थन जनाए । 

आफूभन्दा अगाडि बोलेका एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई जवाफ दिँदै रिजालले भने, ‘संसद् छलेर तपाइँले ल्याउनुभएको बजेट एक पटक हेर्नुहोस् । अहिले भन्नुभएको अघिल्लो वर्ष तपाइँले ल्याएको बजेटमा समेट्नु भएको भए हुन्थ्यो नि ।’ 

सामाजिक सुरक्षा भत्ता पाँंच हजार नपुर्‍याएकोमा पौडेलको असन्तुष्टिप्रति रिजालले भने, ‘तपाइँको पार्टीको घोषणापत्रको कार्यक्रम यो सरकारले किन लागू गर्ने ?’ 

भूमिका फेरिएसँगै विचार फेर्ने प्रवृत्ति नेताहरूले त्याग्नुपर्ने बताउँदै उनले अघिल्लो वर्ष एमाले सरकारले ल्याएको बजेट पनि चुनावलक्षित नै रहेको स्मरण गराए । 
 





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार १२:३६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया