मिरुना मगरको आग्रह : कहिल्यै दुःख नसहनुस्, गलतविरुद्ध जहिले लड्नुस्

नेपाली चलचित्र नायिका मिरुना मगर अहिले पनि चर्चामै छिन् । आफू अभिनित चलचित्र ‘कबड्डी ४’ ले कीर्तिमानी कमाइ गरिरहेको बेला एउटा विवादका कारण मिरुना थप चर्चामा आइन् । 

एक समर्थकले आफूलाई दुर्व्यवहार गरेको भन्दै उनी प्रहरीसमक्ष पुगिन् । उनको उजुरीपछि प्रहरीले चलचित्र हेर्न आएका दर्शक फुर्पा तामाङलाई नियन्त्रणमा लियो । तर, बौद्ध धर्मावलम्बीले निर्दोष व्यक्तिलाई फसाएको भन्दै आलोचना गरेपछि प्रहरीले तामाङलाई रिहा गर्यो । 

दुवै पक्षबीचका मिलापत्र भएपछि यो घटना अहिले टुंगिएको छ । एकअर्कालाई खादा ओढाएर मगर र तामाङले मिलापत्र गरेका हुन् । यसैबीच, मिरुनाले सामाजिक सञ्जालमार्फत यो घटनालाई कुनै धर्मसँग नजोड्न आग्रह गरेकी छन् । 

उनले सही काम गर्न कहिले पनि समय गलत नहुने उल्लेख गर्दै अन्याय रं हिंसाविरुद्ध लड्न सबैलाई आग्रह पनि गरेकी छन् ।

‘कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्दछु,’ मिरुनाले भनेकी छन्, ‘चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस् र गलतको विरुद्ध जहिले लड्नुहोस्, अहिलेलाई जति नै कठिन भएपनि भोलिको दिन परिवर्तन अवश्य होला । कुनै पनि सही कर्म गर्नका निम्ति समय गलत हुँदैन ।’  





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार १०:५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया