पल शाहकाे मुद्दाबारे उच्च अदालतमा बहस चल्दै
फाइल तस्वीर

बलात्कार आराेपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहकाे साधारण तारेख मागसम्बन्धी निवेदनमा  उच्च अदालतमा वहस सुरु भएकाे छ । 

न्यायधीश  द्वय ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीकाे संयुक्त इजलासमा दुवै तर्फका वकिलहरुले बहस गरिरहेका छन् । पल शालकाे ५ जना र प्रतिवादीकाे तर्फबाट २ जना वकिलले बहस गर्दैछन् ।

उच्च अदालत पाेखरामा शाहकाे तर्फबाट वकिलहरुले निवेदन दिएका थिए । ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए । १० चैतमा  उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेकाे थियाे । 

१५ चैतमा  उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी  निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी  सरिसकेकाे छ ।





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार १५:२३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया