गगन थापाको आग्रह : नेपाललाई पेट्रोल, डिजेल, एलपि ग्यासमुक्त बनाउन महत्वाकांक्षी योजनाका साथ काम गरौं

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले विभिन्न क्षेत्रको कर घटाएर भए पनि जनतालाई राहत दिनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन सरकारसँग माग गर्दै एमालेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भन्सार, मूल्य अभिवृद्धि, प्रदूषण, सडक शुल्कमा केही घटाएर नागरिकलाई राहत दिनुपर्ने बताएका हुन् । 

पूर्वमन्त्री समेत रहेका थापाले मूल्यवृद्धि घटाउन ‘युद्धको सोच राखेर’ काम गर्नुपर्ने पनि बताए । ‘प्रधानमन्त्री ज्यूलाई आग्रह गर्न चाहन्छु युद्धको जस्तो सोच राखेर, वार ;सुटिङमा काम गर्नुपर्छ जस्तो लाग्छ,’ उनले भने । 

थापाले पेट्रोलियम ऐनको आवश्यकता रहेको पनि औंल्याए । उनले पेट्रोल, डिजेल र एलपि ग्यासमुक्त देश बनाउन दीर्घकालिन उपाय अपनाउनुपर्नेमा पनि जोड दिए । 

‘आजकै मितिबाट नेपाललाई पेट्रोल, डिजेल, एलपि जी ग्यासमुक्त देश बनाउन आजैदेखि हामीले महत्वाकांक्षी योजनाका साथ १० वर्षभित्र निमिट्यान्न पार्ने भनेर लाग्यौं भने बाँच्छौँ,’ थापाले भने । 





  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार १२:४३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया