भारतको उत्तराखण्डमा बस दुर्घटना : २५ तीर्थयात्रीको मृत्यु

भारतको उत्तराखण्डमा आइतबार राति तीर्थयात्री बोकेको एउटा बस खाल्डोमा खस्दा २५ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । २८ यात्रु बोकेको बस पहाडी राज्यको मुख्य तीर्थस्थल यमुनोत्री जाँदै थियो ।

सबै तीर्थयात्री मध्यप्रदेशका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ‘आफ्ना प्रियजनहरू गुमाउनेहरू’ प्रति शोक व्यक्त गरेका छन् ।  प्रधानमन्त्री मोदीले उत्तराखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई लाख भारु र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा पनि गरेका छन् ।

‘राज्य सरकारको निगरानीमा स्थानीय प्रशासन घटनास्थलमा सम्भव भएसम्मको सहयोगमा जुटेको छ,’ प्रधानमन्त्री कार्यालयले ट्विट गरेको छ । दुर्घटनापछि मुख्यमन्त्री शिवराज सिंह चौहानसहित राज्यमन्त्री बिजेन्द्र प्रताप सिंह, डीजीपी सुधीर सक्सेना, अतिरिक्त मुख्य सचिव (गृह) राजेश राजोरालगायतको टोली देहरादून प्रस्थान गरेको थियो । 

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरेको छ ।  
 





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार १०:४५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया