ब्रुटोनलाई म्यानचेस्टर सिटीको ९ गोल ‘उपहार’

एजेन्सी– काराबाओ कपअन्तर्गत बुधबार भएको खेलमा म्यानचेस्टर सिटीले ब्रुटोन एल्बियनलाई ९–० गोलले पराजित गरेको छ । सिटीका लागि गाब्रियल जिससले ४ गोल गरेका हुन् । 

जिससले पहिलो गोल गोल ३०औं मिनेटमा गरेका हुन् । त्यसपछि उनले ३४औं, ५७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उले ६५औं मिनेटमा व्यक्तिगत चौथो गोल गरेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा सिटीले पाँचौं मिनेटमा अग्रता लिएको हो । सिटीका लागि पहिलो गोल केभिन डे ब्रुयनले गरेका हुन् । सिटीका लागि थप गोल भने अलेक्जेन्डर जिन्चेन्को, फिल फोडेन, कायल वाल्कर र रियाड महरेजले गरेका हुन् ।





  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार १०:२४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया