धरौटीमा छुटेलगत्तै फेरि पक्राउ परे सहकारीमार्फत ठगी गर्दै आएका जीवन केसी
फाइल तस्वीर

सहकारीको आवरणमा ठगी धन्दा चलाउँदै आएका जीवनकुमार केसीलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छोडेलगत्तै ललितपुर प्रहरीले पक्राउ गरेको छ । 

करोडौं रूपैयाँ ठगी गरी फरार रहेका ललितपुरको गोदावरी नगरपालिका–४ का केसीलाई २० जेठमा काठमाडौंको नयाँ बजारबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ परेका उनमाथि अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरेको थियो । सोमबार सरकारी वकिलको कार्यालयले प्रतिवेदन जिल्ला अदालत काठमाडौंमा पेस गरेकोमा ६ नम्बर जिल्ला न्यायाधीश युवराज गौतमले केसीलाई धरौटीमा छोड्ने फैसला गरेको थियो ।

अदालतले केसीसँग १५ लाख धरौटी मागेको थियो । अदालतको फैसलाअनुसार १५ लाख धरौटी बुझाएर छुटेलगत्तै केसीलाई अदालत परिसरबाट प्रहरीले पक्राउ गरेको हो । केसीलाई भोलि ललितपुर जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीले जनाएको छ ।
केसीविरुद्ध ललितपुरमा पनि ठगीको उजुरी रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई न्यायाधीश गौतमले धरौटी आदेश गर्दा नै ललितपुरमा पनि मुद्दा रहेको भन्दै त्यहाँ पठाउन आदेश गरेका थिए । न्यायाधीशको आदेशअनुसार प्रहरीले उनलाई पक्राउ गरेर ललितपुर लगेको हो । उनीमाथि परिभाषा सहकारीमार्फत बचतकर्ताको रकम दुरुपयोगसहित १० करोड ठगी गरेको तीनवटा मुद्दा छन् । उनी ४ वर्षदेखि फरार थिए ।

सहकारीमार्फत करौडौं ठगेका जीवन केसीलाई ५ दिन हिरासतमा राख्ने अनुमति





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार २०:२९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया