बागमती प्रदेशका कुन जिल्लाले कति पाए बजेट ?
फाइल तस्वीर

संघीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटअनुसार बागमती प्रदेश सरकारले सबैभन्दा धेरै रकम प्राप्त गर्ने भएको छ । सातवटै प्रदेश सरकारमध्ये बागमती प्रदेशले सबैभन्दा धेरै बजेट प्राप्त गरेको हो ।

सबैभन्दा धेरै बजेट पाएको बागमती प्रदेशमा २० अर्ब ३२ करोड ६६ लाख रकम हस्तान्तरण हुने छ । बागमती प्रदेशका लागि केन्द्र सरकारले ८ अर्ब ४० करोड ४६ लाख समानीकरण अनुदान, १० अर्ब ९ करोड २० लाख सशर्त अनुदान, ७९ करोड विशेष अनुदान, १ अर्ब ४ करोड समपूरक अनुदान छुट्याएको छ ।

संघीय सरकारले ल्याएको बजेटमा प्रदेश सरकारका लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ । संघीय सरकारले सातवटै प्रदेश सरकार र स्थानीय तहलाई समानीकरण, विशेष, शसर्त र समपूरक अनुदान गरी ४ शीर्षकमा बजेट छुट्याएको हो ।

बागमतीका कुन जिल्लालाई कति बजेट ?

मकवानपुर

आर्थिक वर्ष २०७९/०८० को लागि संघीय सरकारले मकवानपुर जिल्लालाई ४ अर्ब ३९ करोड ९ लाख रुपैयाँ बजेट छुट्याएको छ ।



समानीकरण अनुदानतर्फ १ अर्ब ४० करोड ६६ लाख अनुदान संघीय सरकारले छुट्याएको छ ।

त्यस्तै, सशर्त अनुदानतर्फ २ अर्ब ६५ करोड ५८ लाख रहेको छ भने विशेष अनुदानतर्फ ११ करोड ४५ लाख अनुदान छुट्याइएको छ ।



त्यस्तै, समपूरक अनुदानमा ११ करोड ७० लाख रुपैयाँ मकवानपुरलाई संघीय सरकारले विनियोजन गरेको छ ।

दोलखा

दोलखालाई संघीय सरकारले आउँदो आर्थिक वर्ष २०७९/०८० का लागि कुल ३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँ बजेट दिने भएको छ ।

संघीय सरकारले बजेटमार्फत यो रकम छुट्याएको हो । समानीकरण अनुदानमा दोलखालाई १ अर्ब २२ करोड ४० लाख र सशर्त अनुदानमा २ अर्ब १३ करोड ६६ लाख रुपैयाँ प्राप्त हुने छ ।

विशेष अनुदान चालुतर्फ १० करोड ३० लाख र समपूरक अनुदानमा ६ करोड ५० लाख रुपैयाँ संघीय सरकारले बजेट विनियोजन गरेको छ । पुँजीगततर्फ ३५ करोड ३२ लाख रुपैयाँ प्राप्त हुने छ।

चितवन

संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि चितवनले ४ अर्ब ७२ करोड २१ लाख रुपैयाँ बजेट पाउने भएको छ ।

समानीकरण अनुदानमा चितवनलाई १ अर्ब ५० करोड ३ लाख रुपैया, सशर्त अनुदानमा २ अर्ब ९५ करोड ३० लाख रुपैयाँ छुट्याइएको छ ।

विशेष अनुदान चालुतर्फ १८ करोड २८ लाख र समपूरक अनुदानमा ८ करोड ७० लाख रुपैया चितवनले पाउने छ । संघीय सरकारले चितवनका लागि पुँजीगततर्फ ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

रामेछाप

रामेछापका लागि संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटबाट ३ अर्ब ३५ करोड २४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

जसमध्ये समानीकरण अनुदानमा रामेछापले १ अर्ब १९ करोड ९० लाख र सशर्त अनुदानमा १ अर्ब ९७ करोड ६९ लाख रुपैयाँ बजेट पाउने छ । विशेष अनुदान चालुतर्फ ८ करोड ९५ लाख रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै, समपूरक अनुदानमा ६ करोड ५० लाख र पुँजीगततर्फ ८ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

धादिङ

धादिङलाई संघीय सरकारले आउँदो आर्थिक वर्ष २०७९/०८० का लागि ४ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ छुट्याएको छ । संघीय सरकारले बजेटमार्फत यो रकम छुट्याएको हो ।

समानीकरण अनुदान १ अर्ब ९४ करोड ८८ लाख र सशर्त अनुदानमा २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ प्राप्त हुने छ ।

विशेष अनुदान चालुतर्फ ११ करोड ९४ लाख विनियोजन हुँदा समपूरक अनुदानमा १३ करोड ८० लाख रुपैयाँ संघीय सरकारले छुट्याएको छ । पुँजीगततर्फ धादिङले ३७ करोड ५४ लाख रुपैयाँ संघीय सरकारबाट प्राप्त गर्ने छ ।

नुवाकोट

नुवाकोटका लागि संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटबाट ३ अर्ब ९२ करोड ५९ लाख रुपैयाँ छुट्याइएको छ ।

समानीकरण अनुदानमा नुवाकोटलाई १ अर्ब २० करोड ९ लाख र सशर्त अनुदानमा २ अर्ब ५४ करोड २० लाख रुपैयाँ उपलब्ध हुने छ ।

विशेष अनुदानतर्फ १० करोड ८० लाख रुपैयाँ र समपूरक अनुदानमा ७ करोड ५० लाख रुपैयाँ बजेटमा छुट्याइएको छ । पुँजीगततर्फ ३७ करोड ३७ लाख रुपैयाँ संघीय सरकारबाट प्राप्त हुने छ ।

रसुवा

बागमती प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा कम बजेट विनियोजन भएको जिल्ला रसुवा हो । यस जिल्लाका लागि संघीय सरकारले आउँदो आर्थिक वर्ष २०७९/०८० को बजेटबाट १ अर्ब १६  करोड ७८ लाख रुपैयाँ छुट्याएको छ ।

संघीय सरकारबाट समानीकरण अनुदानमा रसुवालाई ४३ करोड ५१ लाख र सशर्त अनुदानमा ६७ करोड ८५ लाख रुपैयाँ उपलब्ध हुने छ । विशेष अनुदानतर्फ ३ करोड ४२ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

त्यस्तै, समपूरक अनुदानमा २ करोड र पुँजीगततर्फ ११ करोड ६२ लाख रुपैयाँ संघीय सरकारले उपलब्ध गराउने भएको हो ।

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकका लागि संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा ४ अर्ब ६० करोड ५८ लाख रुपैयाँ छुट्याइएको छ । संघीय सरकारले समानीकरण अनुदानमा सिन्धुपाल्चोकलाई १ अर्ब ७० करोड १२ लाख रुपैयाँ, सशर्त अनुदानमा २ अर्ब ७१ करोड १५ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

विशेष अनुदान चालुतर्फ १० करोड ४५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । त्यस्तै, समपूरक अनुदानमा ८ करोड ८५ लाख र पुँजीगततर्फ ३६ करोड १६ लाख रुपैयाँ छुट्याएको छ ।

काभ्रेपलाञ्चोक

काभ्रेपलाञ्चोकका लागि संघीय सरकारले आउँदो आर्थिक वर्ष २०७९/०८० को बजेटमा ५ अर्ब ७ करोड ९ लाख रुपैयाँ छुट्याएको छ ।

संघीय सरकारले समानीकरण अनुदानमा १ अर्ब ५३ करोड ८६ लाख र सशर्त अनुदानमा ३ अर्ब २६ करोड २१ लाख काभ्रेलाई दिने छ ।

विशेष अनुदान चालुतर्फ १५ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, समपूरक अनुदानमा १२ करोड र पुँजीगततर्फ ८३ करोड ४९ लाख रुपैयाँ संघीय सरकारले  छुट्याएको छ ।

सिन्धुली

सिन्धुलीका लागि संघीय सरकारले आगामी वर्षको बजेटमा कुल ३ अर्ब ८५ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ ।

समानीकरण अनुदानमा सिन्धुलीलाई १ अर्ब ८ करोड ६२ लाख र सशर्त अनुदानमा २ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ प्राप्त हुने छ । विशेष अनुदानतर्फ १३ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

त्यस्तै, समपूरक अनुदानमा ८ करोड ७५ लाख  र पुँजीगततर्फ ३६ करोड १४ लाख रुपैयाँ संघीय सरकारले विनियोजन गरेको छ ।

काठमाडौं

काठमाडौंका लागि संघीय सरकारले आउँदो आर्थिक वर्ष २०७९/०८० को बजेटमा ७ अर्ब २५ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । समानीकरण अनुदानमा २ अर्ब ९५ करोड २३ लाख रुपैयाँ प्राप्त हुँदा काठमाडौंले सशर्त अनुदानमा ४ अर्ब ४ करोड ८६ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

विशेष अनुदानतर्फ १६ करोड १ लाख विनियोजन गरिएको छ । त्यस्तै, समपूरक अनुदानमा ९ करोड ४० लाख र पुँजीगततर्फ ६६ करोड १५ लाख रुपैयाँ संघीय सरकारले विनियोजन गरेको छ ।

ललितपुर

ललितपुरका लागि संघीय सरकारले आगामी वर्षको बजेटमा २ अर्ब २० करोड ५२ लाख रुपैयाँ छुट्याएको छ ।

समानीकरण अनुदानमा ललितपुरलाई १ अर्ब १८ करोड २ लाख रुपैंया प्राप्त हुने छ । सशर्त अनुदानमा १ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ । विशेष अनुदानतर्फ ६ करोड ३५ लाख रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै, ललितपुरलाई समपूरक अनुदानमा ११ करोड ५० लाख र पुँजीगततर्फ ३० करोड २२ लाख रुपैयाँ संघीय सरकारले बजेट विनियोजन गरेको छ ।

भक्तपुर

भक्तपुरका लागि संघीय सरकारले आउँदो आर्थिक वर्ष २०७९/०८० का बजेटमा २ अर्ब ८३ करोड २९ लाख रुपैयाँ छुट्याएको छ ।

समानीकरण अनुदानमा ८९ करोड १४ लाख रुपैयाँ प्राप्त हुँदा भक्तपुरले सशर्त अनुदानमा १ अर्ब ८३ करोड ९५ लाख रुपैयाँ पाउने छ ।

विशेष अनुदानतर्फ ५ करोड, समपूरक अनुदानमा ५ करोड २० लाख  र पुँजीगततर्फ ३९ करोड २२ लाख रुपैयाँ संघीय सरकारले विनियोजन गरेको छ ।

  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार २१:१६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया