चोटका कारण लुकाकुले पोल्याण्डविरुद्धको खेल गुमाउने

बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले नेसन्स लिगअन्तर्गग बुधबार पोल्याण्डविरुद्धको खेल गुमाउने भएका छन् । चोटका कारण लुकाकुले घरेलु मैदानमै हुने खेल गुमाउने निश्चित भएको प्रशिक्षक रोबर्टो मार्टिनेजले जानकारी गराएका हुन् । 

लिग ‘ए’ को समूह चारमा रहेको बेल्जियम पहिलो खेलमा नेदरल्यान्डसँग ४–१ ले पराजित भएको थियो । लुकाकुलाई मैदान फर्कन कति समय लाग्छ भन्ने उनको चोटको अवस्था हेरेर थाहा हुने बेल्जियम फुटबल संघले जनाएको छ । 

प्रशिक्षक रोबर्टो मार्टिनजेले नेसन्स लिग कतार विश्वकप २०२२ अघि टोलीका लागि राम्रो अभ्यास भएकाले टोलीले स्वभाविक लय अनुरूपको प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए ।

‘नेदरल्यान्डससँगको हारले टोलीले स्वभाविक लय गुमाएको प्रष्ट हुन्छ’, मार्टिनेजले भने, ‘हामीले यहाँ कठिन प्रतिद्धन्द्धीविरुद्ध खेलिरहेका छौं । यी खेलले टोलीमा केहि सुधार आउनेछ । चोटका कारण लुकाकु भने उपलब्ध हुने छैनन् । आशा छ केही दिनको विश्रामपछि उनी टोलीमा फर्कनेछन् ।’


 





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार ११:३१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया