अछाम घटना अक्षम्य छ, दोषीलाई उम्किन दिनु हुँदैन : गगन थापा

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अछाम घटना अक्षम्य रहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा देशमा भइरहेका हत्या हिंसाका घटनाबारे सांसद थापाले अछामको पञ्चदेवल विनायक नगरपालिकामा एक युवकको हत्या गरिनु सुनियोजित भएको र छानीछानी भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणसमक्ष दोषीलाई कारबाही गर्न माग गरे ।

जेठ १७ गतेदेखि बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाही शनिबार घर नजिकै मृत अवस्थामा फेला परेका थिए । उनी मृत भेटिएपछि प्रशासनविरुद्ध स्थानीय प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गर्नु परेको थियो । 

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो ।   





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार १३:४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया