हवाई इन्धनको मूल्य १० रुपैयाँले घट्यो

काठमाडौं– नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर १० रुपैयाँ (आन्तरिकतर्फ)को हवाई मूल्य घटाएको बताएको हो । 

अहिले १ सय ४ रुपैयाँ ५० पैसा प्रतिलिटरको पर्ने हवाई इन्धन बिहीबार रातिबाट ९४.५० हुने निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आएकाले त्यसैअनुरुप मूल्य समायोजन गरेको निगमले बताएको छ । 

आन्तरिक हवाई इन्धनको मूल्य घटे पनि अन्तर्राष्ट्रिय मूल्यमा भने अहिले नै हेरफेर नभएको निगमले प्रस्ट पारेको छ । 
 





  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार १४:२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया