कर्णालीका नागरिकलाई अब एक घण्टाभन्दा बढी पैदल यात्रा गर्न नपर्ने

कर्णाली प्रदेशका नागरिकलाई अब एक घण्टाभन्दा बढी पैदल यात्रा गर्न नपर्ने भएको छ ।  कर्णाली प्रदेश सरकारले नागरिकलाई एक घण्टा भन्दा बढी पैदल यात्रा गर्न नपर्ने गरि झोलुङ्गे पुलहरू निर्माण गर्ने नीति लिएको हो । 

उक्त नीति लिएपछि नागरिकलाई एक घण्टाभन्दा बढी यात्रा गर्न नपर्ने भएको हो । आगामी आर्थिक वर्षको लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उक्त कार्यक्रम समेटिएको हो । 

साथै कर्णालीमा सिँचाइको समस्या समाधानका लागि जनता सिँचाइ कार्यक्रम, सरकारले भवन निर्माण गर्दा वर्षाको पानी संकलनका लागि पुनर्भरण कार्यक्रम, कर्णाली कृषि क्षेत्र सहयोग कार्यक्रम प्रणाली, महिला कृषी वन कार्यक्रम, कर्णाली वृक्षारोपण कार्यक्रम घोषणा कार्यक्रमसमेत गर्ने नीति सरकारले लिएको हो । 





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार १६:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया