राप्रपा अध्यक्ष लिङ्देनले गरे विभागहरुमा नियुक्ति

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक विभागको प्रमुखमा उपाध्यक्ष बुद्धिमान तामाङलाई नियुक्त गरेका छन् ।

अध्यक्ष लिङ्देनले पार्टीको विधानबमोजिम मंगलबार प्रशिक्षण विभाग प्रमुखमा अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई नियुक्ति गरेको प्रचार विभाग सदस्य–सचिव सुन्दर पाण्डेले जानकारी दिए । 

संगठन विभाग प्रमुखमा महामन्त्री डा. धवलशम्शेर राणा, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्का महामन्त्री भुवन पाठक र स्वास्थ्य विभाग प्रमुखमा डा. रामप्रसाद उप्रेतीलाई जिम्मेवारी दिइएको छ ।





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार २१:४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया