न्यायपालिका अधिकृत समाजकाे ‘न्यायिक आवाज’ सार्वजनिक

काठमाडौं– न्यायपालिका अधिकृत समाजद्वारा प्रकाशित ‘न्यायिक आवाज’ नामक पुस्तक आज विमोचन भयो । सर्वोच्च अदालतमा एक कार्यक्रमबीच समाजका प्रमुख संरक्षक तथा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार राजनप्रसाद भट्टराईले सो पुस्तक विमोचन गरे । 

समाजको आठौँ संस्करणका रुपमा प्रकाशित पुस्तकमा न्यायक्षेत्रसँग सम्बन्धित ३५ वटा लेखकका अनुसन्धनात्मक लेख समावेश छन् । न्याय क्षेत्रका सैद्धान्तिक मूल्यमान्यता तथा यस क्षेत्रमा काम गर्दाका अभ्यास, अनुभूति र विश्लेषण पुस्तकमा समाटिएका छन् । 

विमोचन कार्यक्रममा मुख्य रजिस्ट्रार भट्टराईले समाजले प्रकाशन गरेको यो पुस्तक न्याय र कानुन क्षेत्रसँग सम्बन्धित जिज्ञासा राख्नेका लागि उपयोगी सामग्री भएको बताए । 

समाजका अध्यक्ष तथा सर्वोच्च अदालतका रजिस्ट्रार महेन्द्रनाथ उपाध्यायले नयाँ संविधान र कानुन कार्यान्वयनका चरणमा रहेको अवस्थामा यसै क्षेत्रलाई समेटेएर प्रकाशित पुस्तक समसामयिक रहेको बताए । 

समाजका महासचिव बाबुराम दाहालले समाजले न्याय क्षेत्रका अधिकृतको व्यावसायिक क्षमता अभिवृद्धिका लागि काम गरिरहेको जानकारी दिए । पुस्तकको संयोजन सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले गरेका हुन् ।





  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार २०:२१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया