गायिका तथा समाजसेवी आनी छोइङ डोल्माले सांगीतिक कार्यक्रम गर्ने भएकी छन् । कार्यक्रम आनी छोइङ फाउन्डेसनको आयोजनामा ‘हिल द अर्थ’ नाराका साथ आउँदो ११ असारमा हुन लागेको हो ।
कार्यक्रम जावलाखेलस्थित सेन्ट मेरिज स्कुलमा दिउँसो साढे ४ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा सहभागी हुनका लागि २ हजारदेखि १० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।