अमेरिकी प्रहरीद्वारा रोनाल्डोकाे डिएनए नमुना माग

एजेन्सी– बलात्कारको आरोप लागेका पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोसँग अमेरिकी प्रहरीले डिएनएको नमुना मागेको छ।

रोनाल्डोले क्याथरिन मायोर्गा नामक महिलालाई सन् २००९ मा लस भेगसको होटलमा योन आक्रमण गरेको आरोप अस्वीकार गरेका छन्।

अमेरिकी सञ्चार माध्यमका अनुसार मायोर्गाको वस्त्र परीक्षण गर्दा अर्को व्यक्तिको डिएनए पनि पाइएको थियो। वाल स्ट्रिट जर्नलका अनुसार इटलीको अदालती प्रणालीका समक्ष अमेरिकी प्रहरीले उक्त मागसहितको निवेदन हालै दिएको थियो।

‘रोनाल्डोले याे घटना सहमतिमै भएकाे प्रतिक्रिया दिँदै आएका छन् । उनी भन्छन् ‘लस भेगसमा सन् २००९ मा जे भएको थियो त्यो आपसी सहमतिमै भएको थियो।’ त्यसैले उनको डिएनए फेला पर्नु कुनै अनौठो होइन। साथै यस्ता मामिलामा प्रहरीले नमुना माग्नु पनि अनौठो होइन।’

जर्मन साप्ताहिक पत्रिका डेर स्पिगलका अनुसार मायोर्गाले उक्त आरोपित घटनालगत्तै लस भेगसको प्रहरीसमक्ष उजुरी गरेकी थिइन्।

अर्को वर्ष उनले रोनाल्डोसँग पौने चार लाख डलरको छुट्टै सम्झौता गरेर ती आरोप सार्वजनिक नगरिने शर्त राखियो। तर उनका वकिलहरू अब त्यो सम्झौता रद्द गर्न चाहन्छन्।



आफ्नो उजुरीमा मायोर्गाले रोनाल्डोलाई पाल्म्स होटल एण्ड क्यासिनोको रेन नाइटक्लबमा भेटेको र पछि रोनाल्डोको कोठामा उनको बलात्कार भएको उल्लेख गरेकी छन्।

गत जुलाई महिनामा रियल मड्रिड क्लबबाट करिब १३ करोड डलरमा रोनाल्डो युभेन्टसमा सरेका थिए। उनले विश्वको सबभन्दा उत्कृष्ट फुटबल खेलाडीलाई दिइने ब्यालन डोर उपाधि सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा जितेका छन्।



 

  • प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार ११:१७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया