पाकिस्तानको एक मन्दिरमा तोडफोड

पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीको कोरंगी क्षेत्रमा बुधबार हिन्दूहरुको एक मन्दिरमा तोडफोड गरिएको छ । 

मन्दिरमा भएकी देवीको मूर्ति फुटाइएको पाकिस्तानी सन्चारमाध्यमले जनाएका छन् । 

प्रहरीले मन्दिर तोडफोड गर्नेहरुलाई पक्राउ गरेको छ । तर, यसका कारण त्यहाँ रहेका हिन्दूहरुमा डर पसेको बताइएको छ । 

प्रहरीका अनुसार ६ जना बन्दुक बोकेर मन्दिरमा पसेका थिए, उनीहरुले त्यहाँको गणेश मन्दिर, हनुमान मन्दिरलगायत तोडफोड गरेका हुन् ।





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार १:२८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया