इलाम– इलाममा १६औँ अनशन सुरु गरेको दोस्रो दिनबाटै डा. गोविन्द केसीको स्वास्थ्यमा स्वास्थ्यमा समस्या आएको छ। बिहीबार बेलुकीबाट उनको रक्तचाप घट्नुको साथै शरीरमा चिसो पसिना आउने, हात थर्थराउने समस्या देखिएको डा. रामकृष्ण आचार्यले बताएका छन् ।
डाक्टरले बताएअनुसार शुक्रबारदेखि उनको छाती दुख्न थालेको छ भने रक्तचाप पनि न्यून हुँदै गएको छ । उनलाई निरन्तर खोकी लागिरहेकाले निमोनियाको संक्रमणको जोखिम बढ्ने देखिएको चिकित्सकले बताएका छन्। उनको शरीरमा पानीको मात्रा र इलेक्ट्रोलाइट्सको कमी भएको छ । जसका कारण इलाम अस्पतालको स्वास्थ्य टोलीले उनको नसामा क्यानुला राख्न नसकेको बताइएको छ।
चिसो मौसमका कारण स्वास्थ्यमा अन्य जटिलता थपिन सक्ने भन्दै चिकित्सकले साबधान गराएका छन् । उनको उपचारमा डा. आचार्यका साथै डा. वृजेन्द्र, डा. सर्विन्द्र, डा. सञ्जयलगायत स्थानीय चिकित्सक टोली संलग्न छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।