\
आगामी हप्तादेखि सेयर बजार सातामा ६ दिन खुल्ने भएको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र खुला हुनेछ ।
सरकारले गत १ जेठदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार पाँच दिन मात्र हुँदै आएको थियो । सरकारले आइतबारको बिदा कटौती गरेसँगै अब ६ दिन नै सेयर कारोबार गर्ने तयारी रहेको नेप्सेले जनाएको छ । सार्वजनिक बिदाको दिन र शनिबार भने नेप्से बन्द रहनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।