गोरखाकाे ऐतिहासिक लिगलिगकोटमा ठूलो राष्ट्रिय झन्डा

गोरखा– गोरखाको ऐतिहासिक लिगलिगकोट दरबारपरिसरमा नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झन्डा फहराइएको छ । पालुङटार नगरपालिका–२ स्थित लिगलिगकोटमा पालुङटार नगरपालिकाले आज ४० फिट अग्लो राष्ट्रिय झन्डा राखेको हो । 

राष्ट्रिय एकता दिवसको अवसर पारेर नगरपालिकाले लिगलिगकोटको पर्यटन प्रवर्द्धनका लागि पहिलो चरणको कामको सुरुआत गरेको नगर प्रमुख दीपकबाबु कँडेलले बताए । उनले लिगलगिकोटमा राखिएको झन्डाले यहाँ पुग्ने सबै नेपालीमा राष्ट्रियताको भावना थप जागृत गराउने विश्वास दिलाए । उनले लिगलिगकोटमा घुम्न आउने पर्यटकलाई घरवासको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । 

नगरपालिकाले चालू आर्थिक वर्षमा पर्यटन प्रवर्द्धन तथा घरवास विकासका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ रकम विनियोजन गरेर प्रदेशस्तरीय संग्रहालय निर्माणको काम अघि बढाइसकेको छ । 





  • प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार २१:१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया