एसियन कप छनोट : इन्डोनेसियालाई हराउँदै सुखद अन्त्यको लक्ष्यमा नेपाल

एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले आज इन्डोनेसियाको सानमा गर्दैछ । नेपालले समूह ‘ए’ अन्तर्गत आफ्नो तेस्रो तथा अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्न लागेको हो । 

नेपाल–इन्डोनेसियाबचिको खेल कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । एसियन कप छनोटबाट बाहिरिसकेको नेपाल आज इन्डोनसियालाई हराउँदै जितका साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छ ।

नेपाल यसअघि जोर्डनसँग २–० र कुवेतसँग ४–१ ले पराजित भएको थियो । इन्डोनेसिया पनि नेपालमाथि जित निकाल्दै एसियन कपमा छनोट हुने सम्भावना जीवित राख्ने लक्ष्यमा छ ।

यसअघि कुवेतलाई २–१ ले पराजित गरेको इन्डोनेसियाले जोर्डनसँग १–० को हार बेहोरेको थियो । इन्डोनेसियासँग नेपालले हालसम्म एक मात्र म्याच खेलेको छ । सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा इन्डोनेसियाविरुद्ध नेपाल २–० ले पराजित भएको थियो । 

जारी प्रतियोगितामा अंकविहीन नेपाल पुछारमा छ । इन्डोनसिया समान खेलबाट तीन अंकका साथ दोस्रो स्थानमा छ ।  





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार ७:२३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया