घरभित्रै पसेर महिला कुटपिट गरेको आरोपमा स्वास्थ्य राज्यमन्त्री वली प्रहरीको नियन्त्रणमा
फाइल तस्बिर

प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई नियन्त्रणमा लिएको छ । घरभित्रै गएर महिला तथा बालबालिकामाथि कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कको लालुमण्डीको पछाडि बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै पसेर मंगलबार बिहान राज्यमन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेकी हुन् ।   

मन्त्री आफैं अर्काको घरभित्र गएर कुटपिट गर्नुका साथै लत्ताकपडासमेत फालिदिएपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । आरोपित राज्यमन्त्री वली अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा छिन् । 





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १०:५२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया