राज्यमन्त्री नै जब प्रेमी खोज्न अचानक अर्काको घरभित्र पसिन्...

प्रहरीले महिला र बालिका कुटपिट आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ  । आज बिहान घरभित्रै पसेर एक महिला र उनकी छोरीलाई कुटपिट गरेपछि राज्यमन्त्री वलीलाई प्रहरीे नियन्त्रणमा लिएको हो ।  

दाङको तलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर मन्त्री वलीले श्रीमती मीना र उनकी छोरीमाथि हातपात गरेकी थिइन् । घरभित्रै घुसेर मीना र उनकी छोरीमाथि हातपात गरेपछि आफन्तले प्रहरी बोलाएका थिए । 

प्रहरी घटनास्थल पुग्दासम्म स्थानीयले वलीलाई बस्नेतको घरमै थुनेर राखेका थिए । अहिले राज्यमन्त्री वलीलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनी लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् । उनी घरमा एकराज भने भेटिएनन् । 

घटनाको विषयमा एकराजकी श्रीमती मीनाले भनिन्, ‘बिहानै गेटमा आएर हल्लाउँदै गेट खोल् भन्दै चिच्याइन्, मैले ढोका खोले । भित्र आउनासाथ मेरो एकराज खोइ भन्दै कोठाको पर्दाहरू तानेर फालिदिई । मैले किनिदिएको लुगा हो भन्दै मिल्काइदिई, मेरो लुगा पनि च्यातिदिई । अर्को कोठामा गएर स्कुल जान तयार भएकी मेरी छोरीलाई पनि हानिछे । एकराज मेरो पोइ हो भन्दै चिच्याएकी थिए ।’





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार ११:३८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया