एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणमा इन्डोनेसियाविरुद्ध नेपालले लगातार तेस्रो हारको सामना गरेको छ । समूह ‘ए’ मा रहेको नेपाली टोली तेस्रो हार बेहोर्ने क्रममा इन्डोनेसियाविरुद्ध ७–० गोल अन्तरले पराजित भयो ।
आज बिहान कुवेत सिटीमा सकिएको खेलमा इन्डोनेसियासामु नेपाली युवा टोली निरीह बन्यो । नेपालविरुद्ध इन्डोनेसियाले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा पाँच गोल थपेको थियो । इन्डोनेसियाका लागि मोहमद मिसजले छैटौं र विटन सुलेमानले ४३ मिनेटमा गोल गरेका थिए ।
दोस्रो हाफमा पनि नेपाललाई इन्डोनेसियाले पूरै दबाबमा राख्यो । दोस्रो हाफमा इन्डोनेसियाका लागि अर्यन्तोले ५४ मिनेटमा तेस्रो गोल र सदिल रामदानीले ५५ मिनेटमा चौथो गोल गरे ।
८० मिनेटमा इल्कन बग्गोटले पाँचौं गोल गर्दा ८१ मिनेटमा सुलेमानले टिमका लागि छैटौं र व्यक्तिगत दोस्रो गोल गरे । ९० मिनेटमा फर्डिनालले इन्डोनेसियाका लागि सातौं गोल गरे । यसअघि नेपालले जोर्डनसँग २–० र दोस्रो खेलमा आयोजक कुवेतसँग ४(१ गोलको हार बेहोरेको थियो । नेपाललाई हराउँदै इन्डोनेसिया ६ अंक जोडेर एसियन कपमा छनोट भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।