एसियन कप छनोटमा खराब प्रदर्शनको जिम्मा म लिन्छु, खेलाडीलाई दोष नदिनु : अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कप छनोटमा खराब प्रदर्शनको दोष खेलाडीलाई नदिन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट एसियन कपको खराब प्रदर्शनको जिम्मा आफूले लिने बताउँदै खेलाडीलाई दोष नदिन आग्रह गरेका हुन् ।

‘म चाहन्छु कि सबै दोष मलाई जाओस्, त्यसैले खेलाडीलाई दोष नदिनुहोस्,’ अलमुताइरीले लेखेका छन् । उनले टोलीमा केही सकारात्मक कुरा देखिए पनि सुधार गर्नुपर्ने ठाउँ प्रशस्त रहेकाे बताए । 

‘प्रिय नेपाली समर्थकहरू, एसियन कप छनोटमा हाम्रो यात्रा समाप्त भएको छ,’ उनले लेखेका छन्, ‘हामीले धेरै सकारात्मक पक्षहरू पायौं र कमजोर पक्षहरू अर्को सेप्टेम्बरमा मैत्रीपूर्ण खेलअघि समाधान गर्न आवश्यक छ ।’

कुवेतमा भएको छनोटको समूह ‘ए’ मा नेपाल अंकविहीन बनेको थियो । प्रतियोगितामा उसले १३ गोल बेहोर्दा एक गोल मात्र फर्काउन सक्यो । नेपालले जोर्डनसँग २–०, कुवेतसँग ४–१ र इन्डोनेसियासँग ७–० को पराजय बेहोरेको थियो । 





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १३:१३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया