एएफसी एसियन कप छनोटमा गएराति नेपालले इन्डोनेसियासँग ७–० को फराकिलो हार ब्यहोर्यो । कुवेतको जाबिर अल अहमद स्टेडियममा बेहोरेको यो हारसँगै छनोटको समूह ‘ए’ मा रहेको नेपाल जित र अंकविहीन बन्यो ।
यो खेलमा नेपालका दुई खेलाडीले अन्तर्राष्ट्रिय डेब्युको अवसर प्राप्त गरे । शिव गुरुङ र नीरकुमार राईले सुरुआती–११ मा पर्दै डेब्यु गरेका हुन् । योसँगै नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अन्तर्राष्ट्रिय डेब्युको अवसर प्रदान गरेका खेलाडीको अवसर संख्या १५ पुगेको छ ।
अल्मुताइरी २०७७ को चैतमा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको आगमनसँगै युवा नेपाली खेलाडीले टोलीमा मौका पाउँदै आएका छन् ।
अलमुताइरीले डेब्युको अवसर दिएका पहिलो खेलाडी हुन गौतम श्रेष्ठ र मनिष डाँगी । दुवैले गत वर्ष इराकविरुद्धको मैत्रीपूर्ण खेलमा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।
यी हुन् अलमुताइरीले डेब्यु गराएका १५ खेलाडी
गौतम श्रेष्ठ, मनीष डाँगी, कमल थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, नितिन थापा, विशाल श्रेष्ठ, राजन गुरुङ, सुदीप गुरुङ, आकाश बुढा मगर, प्रशान्त अवस्थी, विकास तामाङ, दीप कार्की, शिव गुरुङ र नीरकुमार राई ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।