बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंक गाभिने

बैंक अफ काठमाण्डू (बीओके) र ग्लोबल आईएमई बैंक एक आपसमा गाभिने (मर्जर गरिने) भएका छन् । बिहीबार काठमाडौंमा बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठ र ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको हो । नयाँ बैंकको नाम ग्लोबल आइएमइ बिओके बैंक हुने बताइएकाे छ। ​मर्जरसँगै बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ। पुँजीका हिसाबले मर्जरपछि बैंक सर्वाधिक ठूलो हुने छ।





  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार १०:५०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया