भारतीय अभिनेता गोविन्दा र उनका भान्जा तथा कलाकार कृष्णा अभिषेकबीचको झगडा टुंगिएको छ । उनीहरूबीच लामो समयदेखि विवाद थियो । तर, अब भने गोविन्दा र कृष्णाबीचको सम्बन्धमा सुधार भएको छ ।
केही समयअघि कृष्णाले गोविन्दासँग माफी मागेका थिए । गोविन्दाले पनि भान्जाको माफी स्वीकार गरेका छन् । वर्षौंअघि कृष्णाकी श्रीमती कश्मिरा साहले गोविन्दालाई पैसा लिएर विवाहमा नाच्न बोलाएकी थिइन् । जसकारण गोविन्दाकी श्रीमती सुनिता आहुजा काश्मिरासँग रिसाएकी थिइन् ।
धेरै पटक गोविन्दा द कपिल शर्मा सोमा अतिथिको रूपमा जाँदा कृष्णाले प्रस्तुतिसमेत देखाएका थिएनन् । दुवै परिवारका सदस्यले एकअर्काविरुद्ध अभिव्यक्ति दिएपछि गोविन्दा र कृष्णाको सम्बन्ध थप बिग्रिएको थियो ।
अब भने ढिलै भए पनि उनीहरूबीचको सम्बन्ध सुधार भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।