इलाममा अनशन भर्सेस अनशन !

इलाम– संसद्को स्वास्थ्य तथा शिक्षा समितिबाट हालै पारित चिकित्सा शिक्षा विधेयकको पक्ष र विपक्षमा चलेको अनशनले इलाममा व्यापक चर्चा पाएको छ । 

प्राडा गोविन्द केसीले १५औँ अनशनका क्रममा आफूसँग भएको सहमतिविरुद्ध विधेयक पारित गरेको भन्दै गत बुधबारबाट अनशन थालेका थिए । अघिल्ला अनशनमा आफूसँग भएका सहमति संसद्बाट हुबहु पारित हुनुपर्ने अडानका साथ डा. केसी अनशन बसेको तेस्रो दिनदेखि चिकित्सा शिक्षा सुधारसम्बन्धी डा. केसीका माग गलत भन्दै विजय थापाले अनशन सुरु गरेका छन् । दुई अनशनकारी पक्षका समर्थक अहिले खुलेरै एकअर्काको विरोधमा उत्रेका छन् । 

संसदीय समितिले पारित गरेको विधेयकलाई विनापरिमार्जन संसद्बाट पारित गर्नुपर्ने माग गर्दै थापाले अनशन सुरु गरेपछि प्रतिरोधको स्थिति पैदा भएको हो । जनप्रतिनिधिबाट पास भएको विधेयक विनापरिमार्जन पारित हुनुपर्ने, काठमाडौं उपत्यकाबाहिर देशभर मेडिकल कलेज खोल्ने र खुलाउने वातावरण निर्माण गर्नुपर्नेलगायत थापाका माग छन् । 

डा. केसी र थापाले अनशन स्रु गरेपछि आआफ्नै माग कार्यान्वयनका लागि र्यालीलगायत गतिविधि हुन थालेका छन् । डा. केसीका समर्थकले थापाको अनशनस्थलनजिकै चोक बजारमा कोणसभा गर्दा दुई पक्षबीच झडप हुन सक्ने सम्भावना बढेको छ । 





  • प्रकाशित मिति : पुस २८, २०७५ शनिबार २१:०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया