किन धरापमा पर्याे राहुल–पान्ड्याको करिअर ?

नयाँ दिल्ली– शुक्रबार भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले क्रिकेटरद्वय हार्दिक पान्ड्या र केएल राहुललाई राष्ट्रिय टिमबाट निलम्बन गर्यो । बलिउड निर्देशक करण जोहरले सञ्चालन गर्ने टिभी सो ‘कफी विद करण’मा महिलामाथि आपत्तीजनक टिप्पणी गरेको भन्दै उनीहरुको चर्को आलोचना भएको थियो ।

यसै विषयलाई लिएर बिसिसिआईले यी दुईलाई जाँच पूरा नहोउन्जेलका लागि निलम्बन गरेको जनाएको छ । बिसिसिआईको फैसलासँगै दुवै खेलाडीले शनिबारदेखि सुरु भएको अस्ट्रेलियाविरुद्धको वान डे सिरिज गुमाए । 

किन परे पान्ड्या–राहुल विवादमा ?

टक सो कफी विद करणमा भारतीय टिमका अलराउन्डर हार्दिक पान्ड्या र केएल राहुलले महिलाविरोधी र ‘सेक्सिस्ट’ हर्कत देखाएको भन्दै चर्को आलोचना भएपछि बिसिसिआईले उनीहरुलाई २४ घन्टाभित्र स्पष्टिकरण दिन भनेको थियो । स्पष्टीकरण दिने क्रममा पान्ड्याले आफ्नो टिप्पणीले महिलामाथि पर्न गएको अफ्ठ्यारो र असभ्यताका लागि माफी मागेका थिए ।

एक च्याट सेमा उपस्थित भएर आफूले विना कुनै महसुस दिएको बयानले यति अपमानजनक बनाउँदै दर्शकको भावनामा ठेस पुर्याउँछ भन्ने आफूले नसोचेको भन्दै उनले त्यसका लागि ‘विन्रमतापूर्वक माफी’ मागेका थिए । 

६ जनवरी प्रस्तुत टक सोमा सञ्चालक करन जोहरले पान्ड्या र राहुललाई केही व्यक्तिगत, केही रिलेसनसिप र भारतीय टोलीसँग सम्बन्धित प्रश्न राखेका थिए । हार्दिक पान्ड्यालाई उनको महिलासँगको सम्बन्धसँग जोडिएको प्रश्न गर्दा उनलेले अचम्मित पार्ने खालको जवाफ दिएका थिए । पहिलोपटक एक महिलासँग शारीरिक सम्बन्ध बनाएपछि हार्दिकले आफ्नो घरमा पुगेर ‘आज करके आया है’ अर्थात् नेपालीमा ‘आज गरेर आएँ’ भनेर सुनाएको बताएका थिए ।



यस्तै, एक पार्टीमा आफ्नो माता–पितासँग जाने क्रममा माता–पिताले हार्दिकलाई ‘कुन केटीलाई हेरिरहेका छौ ?’ भनेर सोध्दा उनले एकपछि अर्को  महिलातर्फ औँला देखाएर ‘सबैलाई हेरिरहेको छु’ भन्ने जवाफ दिएको बताएका थिए ।  हार्दिकले आफ्नो माता–पिता खुला सोचको भएको भन्दै उत्तेजित हुँदै  आफ्नो अनुभव सुनाएका थिए ।

बढ्दो आलोचनापछि हार्दिक पान्ड्याले सामाजिक सञ्जालमार्फत पनि माफी मागेका थिए। आफ्नो इन्स्टाग्राम, फेसबुक र ट्विटरमा पोस्ट गर्दै पान्ड्याले आफूले नियोजित ढंगले कसैको अपमान गर्न नचाहेको र कार्यक्रमको प्रकृतिअनुसार प्रस्तुत हुन मात्र खोजेको बताएका थिए ।



  • प्रकाशित मिति : पुस २८, २०७५ शनिबार २१:४९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया