अभिनेत्री करिश्मा मानन्धले वसन्तपुरमा अनसनरत निहारिका राजपुत र उनको छोरालाई आफूले एडप्ट गर्न चाहेको बताएकी छिन् ।
उनले फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएकी हुन् । बलात्कारपछि निहारिकाले जन्म दिएका २१ महिने छोरा र निहारिका दुवैलाई आफूले राख्न चाहेको उनले स्टाटसमा लेखेकी छिन् ।
उनले निहारिकाको अवस्था देखेर आफू विक्षिप्त भएको पनि बताएकी छिन् । विक्षिप्तिताका कारण उनी निहारिका अनसनरत भएको स्थानमा समेत जान नसकेको बताएकी छिन् । उनले निहारिकालाई आफूले आर्थिक सहयोग गरेको पनि बताएकी छिन् ।
उनले फेसबुकमा लेखेकी छिन्– मेरो एउटा छोरी थियो, तिमी भयौ भने दुई जना हुन्छ, बच्चा लिएर घर आऊ, म छु ।
निहारिका र उनको दूधेबालकलाई ल्याउने प्रक्रियाका लागि सहजीकरण गरिदिन आफूले नेकपा एमालेका सांसद गंगा चौधरी र विमला विकलाई भेटेर आग्रह समेत गरेको करिश्माले बताउन थालेकी छिन् ।
आफू १७ वर्षकी हुँदा नशालु पदार्थ खुवाएर जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको निहारिकाले दाबी गरेकी छिन् । उनी त्यसपछि न्याय माग्दै आएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।