नबिल र नेपाल-बंगलादेश बैंकबीचको मर्जरलाई अर्को सातासम्म स्वीकृति दिने तयारी

नबिल बैंक र नेपाल-बंगलादेश (एनबी) बैंकबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले सम्भवतः अर्को सातासम्म स्वीकृति दिने तयारी गरेको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार दुई बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिनका लागि सो सम्बन्धी प्रस्ताव सञ्चालक समितिमा लगिने जानकारी दिए ।  

केन्द्रीय बैंकस्थित एक उच्च स्रोतका अनुसार नबिलले नेपाल बंगलादेश बैंकलाई गाभ्ने विषयको फाइल अगाडि बढेको छ । 

यसअघि बिहीबार बैंक अफ काठमाण्डू (बीओके) र ग्लोबल आईएमई बैंक एक आपसमा गाभिने (मर्जर गरिने) विषयमा दुवै बैंकबिच समझदारी भएको थियो । बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठ र ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थए । 





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार १०:२२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया