देशभरका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने

आगामी ९ असारदेखि देशभरि ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ । पहिलो चरणमा देशका २७ जिल्लामा  खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।

मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सा जिल्लामा पनि पहिलो चरणमा खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजयकुमार झाले जानकारी दिए ।

प्रदेशमा ५ देखि ११ वर्ष उमेर समूहका ८ लाख २४ हजार ७ सय १६ जनसंख्या रहेपनि पहिलो चरणमा प्रदेशका ५ जिल्लाका लक्षित ५ लाख १६ हजार २ सय ३६ बालबालिकालाई खोप दिइने उनले बताए । लक्षित समूहका बालबालिकालाई फाइजर पेडियाट्रिक नामक खोप दुई मात्रामा दिइने बताउँदै उनले पहिलो खोप असार ९ देखि १५ गतेसम्म र दोश्रो मात्रा २१ दिनपछि साउन २ गतेदेखि ८ गतेसम्म दिइने जानकारी दिए ।   





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार ७:५६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया