पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विराटनगरमा चक्काजाम

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध यातायात व्यवसायीले विराटनगरमा चक्काजाम गरेका छन् । सोमबार बिहान विराटनगरस्थित राजवंशी चोकमा सवारी साधन तेर्स्याएर यातायात व्यवसायीहरूले चक्काजाम गरेका हुन् । 

जनताको ढाड सेक्नेगरी आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकाले फिर्ता लिन माग गर्दै यातायात व्यवसायीले चक्काजाम गरेका हुन् । 

कोशी राजमार्गमै सवारीसाधन रोकेर उनीहरूले सडक अवरुद्ध गरेका छन् । गएराति आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । 

निगमले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।  





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार १०:३४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया