एपिएफलाई हराउँदै अफ्रिकी क्लब एभिनियर शुभकामना कपको सेमिफाइनलमा

सशस्त्र प्रहरी बल एपिएफ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै पाहुना टोली अफ्रिकी क्लब एभिनियर शुभकामना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रतिश्पर्धामा खेलको २७ औं मिनेटमा परिवर्तित खेलाडी सामेसामेले गोल गर्दै एभिनियरलाई अग्रता दिलाए । 

उनी गिनीको स्थानमा मैदान प्रवेश गरेका थिए । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा फ्रेडेरिकले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे ।

पहिलो हाफमै दुई गोलको अग्रता लिएको अफ्रिकनी टिमले दोस्रो हाफमा समेत थप दुई गोल गर्दै जितलाई सहज बनाएको हो । सुरुवातदेखि नै एभिनियर एपिएफ माथी हावी भएको थियो । विल्लेले खेलको ८६औँ मिनेटमा गोल गर्दै अग्रता तेब्बर पारे भने ९३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे ।

१० खेलाडीमा सीमित भएको एपिएफका लागि सविन थापाले ९४औँ मिनेटमा सान्त्वना गोल फर्काए । हेम्जा युनाइटेको आयोजनामा जारी छैटौँ शुभकामना गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिएको हो । 

एभिनियरले अब चर्च ब्वाइजसँगको भेट पक्का गरे । प्रतियोगिता अन्तर्गत भोलि पहिलो सेमिफाइनल खेलमा आयोजक हेम्जा युनाइटेड र खुमलटारबीच हुँदै छ भने बिहीबार दोस्रो सेमिफाइनल खेल एभिनियर र चर्च ब्वाइज क्लबबीच हुँदै छ । 





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार २०:१८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया