काठमाडौंमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
सांकेतिक तस्बिर

काठमाडौंमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार शंखरापुर नगरपालिका–१ देउराली भञ्ज्याङमा गएराति टिपरको ठक्करबाट पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

टिपरको ठक्करबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ फटकसिला घर भएकी अन्दाजी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ३, ०१, ००६ ख ३४७४ नम्बरो टिपरले गएराति ९ बजे दनुवारलाई ठक्कर दिएको थियो । 





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार ८:४३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया