इंग्ल्याण्डका ब्याटिङ प्रशिक्षकलाई काराेना संक्रमण

इंग्ल्याण्ड क्रिकेट टाेलीका ब्याटिङ प्रशिक्षक मार्कस ट्रेस्कोथिकलाई कोराेना संक्रमण पुष्टि भएकाे छ । न्यूजिल्याण्डविरुद्धको तेस्रो टेस्टअघि गरिएकाे परीक्षणमा उनमा काेराेना पुष्टि भएकाे हाे ।​

कोराेना देखिएपछि मार्कस अहिले सेल्फ आइसोलेसनमा छन् । इंग्ल्याण्ड र न्यूजिल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्ट बिहीबार सुरु हुनेछ ।

तीन खेलको सिरिज एक खेल अगावै जितिसकेकाे इंग्ल्याण्डले २-० को अग्रता लिएकाे छ । ४६ वर्षीय मार्कस गत मार्चमा ब्याटिङ प्रशिक्षक नियुक्त भएका थिए ।





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १२:११:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया