मिटर ब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहुप्रति कारबाहीको माग राख्दै मिटर ब्याज पीडितले काठमाडौंमा आन्दोलन जारी राखेका छन् । आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले मिटर ब्याज लिन पाइँदैन, जनता मार्न पाइँदैन, मिटर ब्याज लिनेहरू खबरदार, मिटर ब्याज लिनेलाई कारबाही गर, मिटर ब्याज लिएर जनतालाई सुकुम्वासी र भूमिहीन बनाउन पाइँदैन,लेखेका प्लेकार्डसमेत प्रदर्शन गरेका छन् । मिटर व्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिको काठमाडौंमा धर्ना जारी छ ।
तस्बिरहरु
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।