गेलसँगको भेटपछि माल्याले लेखे- ‘युनिभर्सल बोस’ मेरो मिल्ने साथी, सर्वसाधारणले भने- पैसा फिर्ता कहिले गर्छौ?

वेस्ट इण्डिजका लोकप्रिय क्रिकेटर क्रिस गेलको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो तस्बिरमा उनीसँगै विजय माल्या देखिएका छन् । 

भारतमा फरार घोषित माल्याले बुधबार गेलसँगको तस्बिर ट्विट गर्दै लेखेका छन्, ‘मेरा साथी क्रिस्टोफर हेनरी गेललाई भेटेर खुसी लाग्यो । गेललाई बेंगलुरुको टोलीमा छनोट गरेदेखि हाम्रो मित्रता अचम्मको छ ।’

माल्याले जब यो तस्बिरलाई सामाजिक सञ्जालमा पोस्ट गरे त्यसपछि सामाजिक सञ्जालकर्ताले उनको चर्को ट्रोल गर्न थाले । मानिसहरूले उनीसँग पैसा पनि माग्न थालेका छन् ।   

एक प्रयोगकर्ताले लेखेका छन्, ‘पैसा कहिले दिने? तिमीले मबाट २ रुपैयाँ उधार लिएका थियौ । याद गर तिमी देश छोडेर भाग्दा मैले तिमीलाई २ रुपैयाँको बिस्कुट दिएको थिए । त्यसको पैसा दिनु ।’ 

अर्का एक प्रयोगकर्ताले गेललाई व्यंग्य गर्दै लेखेका छन्, ‘के भाइ तिमी पनि लुटेर भाग्न चाहन्छौं?’ तस्बिरमा माल्यासँग गेल खुसी देखिन्छन् । माल्या र गेललाई ट्याग गर्दै अक्कु नामका प्रयोगकर्ताले लेखेका छन्, ‘दादा जी, बेइज्जती बन्द गर्नुहोस् । र, मेरो खातामा पैसा पठाउनुहोस् ।’ 
 
गेल माल्याको आइपिएल टोलीमा थिए

गेल यसअघि आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) को टिममा थिए । विराट कोहली, एबी डिभिलियर्स र गेलको जोडीले आरसीबीलाई धेरै खेलमा जित दिलायो । तर, उनीहरूले टिमलाई च्याम्पियन बनाउन भने सकेनन् ।



 ९ हजार करोड ठगी गरेका माल्या खोजी सूचीमा 

स्मरण रहोस्, माल्याविरुद्ध करिब ९ हजार करोडको ठगी मुद्दा छ । उनी यही कारण भारतबाट फरार छन् । मुद्दा किंगफिसर एयरलाइन्सलाई दिइएको ऋणसँग सम्बन्धित छ । माल्यामाथि मनी लान्ड्रिङ र ऋण रकम ठगी गरेको आरोप छ ।   



  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १०:५२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया