बजेटमा ‘भूमि बैंक’ स्थापना गर्ने अवधारणा कटौतीप्रति सांसद पौड्यालको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की राष्ट्रियसभाका सांसद विमला राई पौड्यालले सरकारले आगामी आर्थिक वर्षको बजेटबाट ‘भूमि बैंक’ स्थापना गर्ने अवधारणा कटौति गरेकोमा आपत्ति जनाएकी छन् ।

सांसद पौडेलले भूमिहीन किसानलाई खेती गर्नका लागि जमिन उपलब्ध गराउने अवधारणासहित केपी ओली नेतृत्वको अघिल्लो सरकारले भूमि बैंक स्थापना गर्ने अवधारणा ल्याएको उल्लेख गर्दै त्यसलाई वर्तमान सरकारले कटौति गरेकोमा आक्रोशसमेत व्यक्त गरिन् । 

बिहीबार राष्ट्रियसभा बैठकमा विनियोजन बजेट २०७९ माथिको छलफलमा भाग लिँदै सांसद पौडेलले ८/१० वर्ष धेरै जोडबल गरेर ल्याइएको सो अवधारणालाई निरन्तरता दिन पनि सरकारसँग माग गरिन् । बाँझो जमिन चाँडोभन्दा चाँडो खेती गर्ने किसानलाई दिने गरी सो अवधारणालाई अघि बढाउनुपर्ने उनको भनाई थियो । 

सांसद पौडेलले संविधानमा नै भूमिहीन दलितलाई एक पटकका लागि जमिन दिने उल्लेख गरिए पनि सरकारले त्यसलाई कार्यान्वयनमा ल्याउन नचाहेको आरोप समेत लगाइन् ।





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १६:२०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया