यूएईको सामना गर्दै नेपाल, पूरा होला एसिया कप खेल्ने सपना ?

एसिसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आज नेपालले यूएईको सामना गर्दैछ । नेपाल–यूएईबीचको खेल मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा बिहान साढे १० सुरु हुनेछ ।   

नेपाल यूएईलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । समूह ‘बी’ मा रहेको नेपालले चार खेलबाट ६ अंक जोड्यो । 

यता, यूएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइनल पुग्ने लक्ष्यमा छ । जारी प्रतियोगितामा यूएई लयमा देखिएको छ । समूह ‘ए’ मा यूएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्ष स्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो ।   

यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । 

च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुवै टोली एसिया कपमा छनोट हुनेछन् ।   





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार ६:४८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया