पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाउनुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन् । जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाइराख्न कर नलिन निर्णय गर्न उनले सुझाएका हुन् । 

यस्तो व्यवस्था अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म कायम राख्नुपर्ने उनको भनाइ छ । उनले भन्सार र प्रज्ञापन शुल्क आधा मात्र लिन र बाँकी कर हटाउन भनेका हुन् ।

कोइरालाले ट्वीट गर्दै भनेका छन्, ‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भन्सार र प्रज्ञापन शुल्क रु २५.२३ को आधा रु १२.६२ गरी जम्मा रु २६.६२ प्रति लिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गरोस्।’ 

 





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार १०:१३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया