जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
शुक्रबार उपमहानगरले आर्थिक वर्ष २०७९/०८० को लागि कुल १ अर्ब ८० करोड ७१ लाख ४५ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम तयार पारेको हो ।
आगामी आर्थिक वर्षको बजेट विनियोजनबारे जानकारी गराउँदै उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले आठौं नगर सभामार्फत बजेट प्रस्तुत गरेका हुन् ।
आगामी बजेटमा उपमहानगरले चालुतर्फ १ अर्ब ७ करोड ४१ लाख २७ हजार अर्थात ५९.४५ प्रतिशत र पुँजीगततर्फ ७३ करोड ३० लाख १८ हजार अर्थात ४०.६ प्रतिशत रकम विनियोजन गरेको छ ।
आन्तरिक स्रोतबाट ८० करोड १ लाख ३८ हजार ९ सय, बाह्य स्रोतबाट १ अर्ब ७० लाख ६ हजार १ सय, आन्तरिक राजश्वबाट १४ करोड ३१ लाख १० हजार, संघ सरकारको राजश्व बाँडफाँडबाट ३१ करोड १४ लाख ८१ हजार र प्रदेश सरकारको राजश्व बाँडफाँड अन्तर्गत १ करोड ७१ लाख ६८ हजार ८ सय बजेट खर्च व्यहोर्नका लागि रकम उपर गरिने उपप्रमुख साहले बताए ।
त्यस्तै, उपमहानगरले विभिन्न शीर्षकमा खर्च गर्नका लागि विभिन्न समितिहरु बनाएर बजेट विनियोजन गरेको छ । आर्थिक विकास समितिका लागि ४ करोड ५६ लाख, सामाजिक विकास समितिका लागि ६७ करोड ४२ लाख, पूर्वाधार विकास समितिका लागि ६४ करोड ६५ लाख १४ हजार, वन वातावरण तथा विपद व्यवस्थापन विकास समितिका लागि ५ करोड र सुशासन तथा संस्थागत विकास समितिका लागि ४९ करोड ८ लाख ३१ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
जनकपुरधाम उपमहानगरले चालू आर्थिक वर्षका लागि १ अर्ब ५३ करोड ८७ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो । जून पछि संशोधित भएर १ अर्ब ६३ करोड १३ लाख ९० हजार पुगेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।