लेकवेशी नगरपालिकाले एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति दिने

सुर्खेतले लेकवेशी नगरपालिकाले एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ ।

नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० का विनियोजित बजेटमा नगर निवासी एक जना विद्यार्थीलाई चिकित्सा शिक्षा (एमबिबिएस) अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न बजेटको व्यवस्था गरिएको नगर उपप्रमुख विमला खड्लुकले जानकारी दिइन् ।

यसका साथै लेकवेशी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कुल ७४ करोड ८७ लाख नौ हजार ५७ रुपैयाँको बजेट ल्याएको छ ।

कुल विनियोजित बजेटमा चालु खर्च तर्फ ४० करोड २५ लाख ४३ हजार तीन सय ६९ रुपैयाँ र पूँजीगत तर्फ २० करोड ९७ लाख ८८ हजार एक सय ९२ रुपैयाँ रहेको छ । 

यसैगरी विकास साझेदार संघसंस्थाहरूको कार्यक्रम तर्फ चार करोड ६३ लाख ७७ हजार चार सय ९६ रुपैयाँ रहेको नगर उपप्रमुख खड्लुकले जानकारी दिइन् ।





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार १९:३०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया