कैलालीका १३ वटै पालिकाले ल्याए बजेट

कैलालीका १३ वटा पालिकामध्ये शुक्रबार १२ वटा स्थानीय तहले वार्षिक बजेट पेस गरेका छन् । संवैधानिक व्यवस्था अनुसार १० असारभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिसक्नुपर्ने व्यवस्था छ ।

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०७९/८० लागि अनुमानित एक अर्ब ८३ करोडभन्दा बढी बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले एक अर्ब ८३ करोड ८९ लाख २४ हजारको अनुमानित आय–व्यय विवरण आठौं सभाको दोस्रो बैठकमा प्रस्तुत गरेकी हुन् । 

आगामी आर्थिक वर्षका लागि चालुतर्फ एक अर्ब तीन करोड १९ लाख ७० रुपैयाँ र पुँजीगततर्फ ८० करोड ६९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको जेठ महिनासम्म कुल बजेटको ५३ दशमलव ३० प्रतिशत रकम वित्तीय प्रगति रहेको उपमहानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा एक करोड ६ लाख ३१ हजार ८९७ रकम थप गरी बजेट प्रस्तुत गरेको छ ।

यस्तै, जिल्लाको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब २५ करोड आठ लाख ५० हजारको बजेट प्रस्तुत गरेको छ । गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ७१ करोड २३ लाख २५ हजार र पुँजीगततर्फ ५३ करोड ८५ लाख २५ हजार रकम विनियोजन गरेको छ ।


नगरपालिकाले नेपाल सरकारबाट संघीय वित्तीय समानीकरणबाट २१ करोड ४४ लाख, राजस्व बाँडफाँटबाट १७ करोड ३६ लाख ८९ हजार, सशर्त अनुदानबाट ३७ करोड पाँच लाख, विशेष अनुदानबाट दुई करोड, समपूरक अनुदानबाट एक करोड ४० लाख, प्रदेश वित्तीय समानीकरणबाट एक करोड ६९ लाख १० हजार, प्रदेश राजस्व बाँडफाँटबाट ५९ लाख ४९ हजार, स्थानीय राजस्वबाट ६ करोड नौ लाख ९५ हजार पाँच सय, आन्तरिक स्रोतबाट ११ करोड ५३ लाख ६ हजार पाँच सय र संचित कोष मौज्दातबाट २६ करोड आम्दानीको अनुमान गरेको छ । 

यस्तै गौरीगंगा नगरपालिकाले ९० करोड ६४ लाख ७५ हजारको बजेट ल्याएको छ । नगरको १२ औँ नगरसभामा उपप्रमुख भोजबहादुर बमले संघीय समानीकरणतर्फ १७ करोड ७० लाख, सशर्त अनुदानबाट २० करोड ५२ लाख, सशर्त अनुदान पुँजीगतबाट तीन करोड १४ लाख, समपूरक अनुदान पुँजीगतबाट ८० लाख, विशेष अनुदानबाट ५० लाख, प्रदेश समानीकरणबाट एक करोड ३० लाख १९ हजार आयको अनुमानित विवरण पेस गरे । 



जिल्लाको जोशीपुर गाउँपालिकाले ४८ करोड ११ लाखको बजेट प्रस्तुत गरेको छ । दुर्गम मानिएको मोहन्याल गाउँपालिकाले ४४ करोड ८९ लाख १२ हजार रकमको बजेट पेस गरेको छ । कैलालीको चुरे गाउँपालिकाले ४६ करोड ५१ लाखको बजेट प्रस्तुत गरेको छ ।

तस्तै गरी टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि ८५ करोड रुपैयाँको बजेट ल्याएको छ । ११ औं नगरसभामा नगर उपप्रमुख खडकबहादुर शाहले ८५ करोड आठ लाख ८४ हजार एक सय ६० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । 



बजेटमा संघीय अनुदानबाट वित्तीय समानीकरणमा २१ करोड १९ लाख, सशर्त अनुदानमा चालु २६ करोड ३४ लाख र पुँजीगत चार करोड ६६ लाख, राजस्व बाँडफाँटमा १४ करोड २१ लाख ५८ हजार, विशेष अनुदानमा दुई करोड र समपूरक अनुदानमा ८० लाख रुपैयाँ बजेटको स्रोतका रुपमा अनुमान गरिएको छ ।

भजनी नगरपालिकाले ७० करोड ६९ लाख १७ हजारको बजेट ल्याएको छ । चालुतर्फ १७ करोड ५५ लाख र पुँजीगततर्फ ५३ करोड १४ लाख १७ हजार रुपैयाँको बजेट उपप्रमुख राजु तिरुवाले प्रस्तुत गरे । 

यस्तै, लम्कीचुहा नगरपालिकाले एक अर्ब ३७ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ । घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब एक करोड २३  लाख २९ हजार रकमको बजेट पेस गरेको छ । कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । 

जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि  ६९ करोड  ३० लाख बजेट ल्याएको छ । दशौं गाउँसभामा उपाध्यक्ष लालमती कठरियाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि उक्त बजेट ल्याएको बताइन । 

गाउँपालिकाले चालुतर्फ ४५ करोड ८४ लाख पाँच हजार ५१६ रुपैयाँ र पुँजीगत खर्चतर्फ २३ करोड ५४ लाख ९४ हजार ४८३ रुपैयाँ बजेट विनियोजन गरेको छ । बर्दगोरिया गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ७६ करोड ७० लाख ५५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार २०:५४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया