पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिने सत्ता गठबन्धनको निर्णय
फाइल तस्बिर


पेट्रोलिय पदार्थको मूल्य घटाउने बारेमा सत्ता गठबन्धनमा सहमति भएको छ । आज नै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने सहमति भएको हो ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिने निर्णय भएको नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

‘बालुवाटारमा सम्पन्न गठबन्धन बैठकले बढ्दो महँगी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मुल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ,’ बैठक पछि मल्लले सामाजिक सञ्जालमा लेखेका छन् । 





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १२:५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया