मूल्यवृद्धिको विरोधमा नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराको सिमरामा सिठी जुलुस निकालेको छ ।
केन्द्रीय कार्यक्रमअन्तर्गत अनेरास्ववियुले सिमरा चोकमा सिठी जुलुस निकालेको हो । महँगी बढाएको भन्दै अनेरास्ववियुले जुलुसका क्रममा महँगी घटाउन र मूल्यवृद्धि फिर्ता लिन माग गरेको थियो ।
सिठी जुलुसअघि अनेरास्ववियुको सिमरामा सम्पन्न मधेस प्रदेश बैठकमा जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । अनेरास्ववियुको विभिन्न जिम्मेवारीमा रही ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मानित गरिएको हो ।
सम्मानित हुनेमा निजगढ नगरपालिकाककी उपप्रमुख सोममाया थिङ, रौतहट चन्द्रपुर नगरपालिका–४ का वडाध्यक्ष रवि राना मगर, हरिवन नगरपालिका–८ का अध्यक्ष प्रज्वल ढुंगाना, महोत्तरी मनरा सिसवा नगरपालिका–१ का अध्यक्ष गोविन्द चौरसियासहित सात जनालाई सम्मान गरेको हो ।
थिङ अनेरास्ववियु बाराको कोषाध्यक्ष, ढुंगाना सर्लाहीका अध्यक्ष, मगर र चौरसिया केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।