विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्त गरिएको भन्दै सर्वाेच्च पुगे पूर्वप्राज्ञ

काठमाडौं– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । 

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायललाई विपक्षी बनाई पूर्वप्राज्ञ नगेन सिंह र राजविक्रम चन्दले संयुक्त रुपमा रिट दायर गरेका हुन् । 

रिटमा विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्त गरिएको भन्दै कानुनले किटान गरेको प्रक्रियाबमोजिम अर्को प्रक्रिया अवलम्बन गर्न र सोहीअनुसार सभा गठन गरी उपयुक्त व्यक्तिलाई नियुक्ति गर्न माग गरिएको छ । संविधानको मर्म र भावनाअनुसार समावेशी तरिकाले प्राज्ञ नियुक्त गर्नसमेत रिटमा माग गरिएको छ । 

सरकारले यही पुस १५ गते प्रतिष्ठानमा कुलपति कान्छाकुमार कर्माचार्य, उपकुलपति तथा सचिवमा गोपाल चित्रकार र विपिन घिमिरेलाई नियुक्त गरेको थियो । त्यसैगरी, अन्य ६ सदस्यमा रमेश खनाल, मिथिलादेवी यादव, लालकाजी लामा, बुद्धि गुरुङ, धर्मराज शाक्य र सुष्मा राजभण्डारीलाई नियुक्त गरेको थियो ।   





  • प्रकाशित मिति : पुस ३०, २०७५ साेमबार २०:८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया