अबको निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्न कार्यकर्तालाई अध्यक्ष नेपालको आग्रह

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिंगो पार्टीको ध्यान अब आउने  चुनावमा केन्द्रित हुनुपर्ने बताएका छन् । पार्टीको पहिलो केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सम्पूर्ण ध्यान अब आउने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा लगाउन निर्देशन दिएका हुन् । 

स्थानीय चुनावमा आफूहरूले २८ प्रतिशत मात्रै उम्मेदवार खडा गर्दा पनि ९ लाख मत प्राप्त गर्न सफल भएको बताउँदै उनले मंसिरमा हुन सक्ने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा राम्रो नतिजा ल्याउन पार्टीभित्र सबैले खटिनु पर्ने बताए । 

अध्यक्ष नेपालले वडा तहसम्म पार्टी विस्तार गर्नका लागि लग्नसमेत निर्देशन दिएका छन् ।  





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार १४:४३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया