मूल्यवृद्धि विरुद्ध जनकपुरधाममा एमालेको विरोध प्रदर्शन

नेकपा एमालेले अनियन्त्रित महँगी र पेट्रोलियम पदार्थमा हुने गरेको पटक–पटकको मूल्यवृद्धि विरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ । सोमबार स्थानीय जनकचोकमा नेकपा एमाले नगर कमिटीले विरोध प्रदर्शन गरेको हो ।
 
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अत्यावश्यक दैनिक उपभोग्य सामग्री र पेट्रोलियम पद्धार्थमा पटक–पटक मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम मात्र गरेको आरोप लगाउँदै तत्काल महँगी नियन्त्रण गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।

नेकपा एमालेको जनकपुरधाम नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले भान्सामा प्रयोग हुने सामग्रीको व्यापक रुपमा मूल्यवृद्धि हुँदासमेत सरकारले बेवास्ता गरेको भन्दै तत्काल पूर्ण कर हटाउन माग गरेका छन् । उनले किसानले अन्नबाली उब्जाउनका लागि सहजरुपमा पाउनुपर्ने मलखाद्य समेतबाट वञ्चित हुनुपरेको भन्दै आक्रोश व्यक्त गरे।

स्थानीय जनकचोकबाट निस्केको विरोध जुलुस शिव चोक, भानु चोक, कदम चोक, विसहारा चोक, विद्यापति चोक, भैरव चोक, राम चोक, सोनारपट्टी हुँदै पुनः जनक चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार १८:३०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया